काठमाडौं । विश्व नम्बर एक यान्निक सिन्नरले एटीपी फाइनल्समा उत्कृष्ट सुरुवात गरेका छन् । उनले आफ्नो पहिलो खेल सोझो सेटमा जितेका हुन् ।
इटालीको टुरिनमा गएराति भएको खेलमा एलेक्स डि मिनाउरलाई ६-३ र ६-४ को सेटमा हराउँदै सिन्नरले एटीपी फाइनल्समा उत्कृष्ट सुरुवात गरेका हुन् ।
यसअघिको प्रतियोगितामा नोभाक जोकोविचसँग पराजित सिन्नर गएरातिको खेलमा सुरुमा केही समय पछि परेका थिए। तर चाँडै पुनरागमन गरेर जित दर्ता गर्न सफल भए । यो वर्षको अष्ट्रेलियन ओपन र युएस ओपनसमेत जितेका इटालियन खेलाडीले डि मिनाउरलाई पछिल्ला आठ खेलमा हराएका छन् ।
यो उपाधिसँगै उनी वर्षको उत्कृष्ट समाप्तिको पखाईमा रहेका छन् । गएराति नै भएको अर्को खेलमा अमेरिकाका टेलर फिट्जले ड्यानियल मेद्भेदेवलाई २-० को सेटमा हराएका छन् । प्रतियोगितामा आज कार्लोस अल्काराजले क्यास्पर रुढको सामना गर्ने गर्नेछन् ।

















