काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी डिफेन्डर पूजा राना मगर सामेबार चितवनमा सम्मानित भएकी छन्। पूजालाई भरतपुर-११ स्थित युनिक क्लबले १० हजार रुपैयाँसहित सम्मान गरेको हो । नेपाली महिला फुटबलमा पुराएको योगदानको उच्च मुल्याङ्कन गर्दै पूजालाई सम्मान गरिएको क्लबले जनाएको छ ।
प्रतियोगितामा पूजाले नेपालका लागि तीन खेल खेलेकी थिइन् । भुटाविरुद्धको पहिलो खेलमै घाइते भएकी पूजाले माल्दिभ्स र श्रीलंकाविरुद्धको खेल भने गुमाएकी थिइन् । उनले सेमिफाइनलमा भारत र फाइनलमा बंगलादेशविरुद्ध भने पहिलो रोजाइमै मौका पाएकी थिइन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग २-१ ले पराजित हुँदा नेपाल उपविजेता बनेको थियो । सन् २०१९ मा राष्ट्रिय महिला फुटबल टोलीबाटडेब्यु गरेकी पूजा त्यसयता नियमित सदस्यको रहँदै आएकी छन् । पूजाले नेपाल पुलिस क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएकी छन् ।

















