काठमाडाैं । पोखरा एभेन्जर्सले स्कटल्यान्डका क्रिकेटर माइकल लिस्कलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा लिस्कलाई भित्र्याएको हो ।
३४ वर्षीय लिस्क अलराउन्डर हुन्। उनी लामो छक्का प्रहारका लागि परिचित छन्। उनले टी–२०मा ८० म्याच खेलेका छन्। जसमा ८५९ रन बनाउँदै ४५ विकेट लिएका छन्। एनपीएलकै सबैभन्दा महँगो टिम पोखरामा नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की खेलाडीका रूपमा छन्।
त्यस्तै टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सनमार्फत छनोट भएका छन्।
त्यस्तै आइपीएलमा चेन्नई सुपर किङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ। एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ।