ताजकिस्तानसँग नेपालले खेल्नुअघि यस्तो भन्छन् प्रशिक्षक न्यौपाने

Image

काठमाडौं । फिफा विन्डोको त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत नेपालले भोलि बुधबार घरेलु टोली ताजकिस्तानसँग पहिलो खेल खेल्दै छ । खेलअघि मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै दुवै टोलीका प्रशिक्षकले आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्।

नेपाल र ताजकिस्तानका प्रशिक्षक तथा कप्तान उपस्थित रहेको उक्त पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने बताए । नेपालको तर्फबाट प्रशिक्षक नविन न्यौपाने र कप्तान किरण चेम्जोङको उपस्थिति रहेको थियो ।

प्रशिक्षक न्यौपानेले ताजकिस्तान र अफगानिस्तान दुवै टोली बलियो भएको बताए । त्यस्तै यी दुवै टोली बलियो भएपनि नेपालको युवा टोलीले दुवै टोलीसँग उत्कृष्ट प्रदर्शन गर्ने कुरामा आफु विश्वस्त रहेको समेत उनले दाबी गरे ।

न्यौपानेले आफुले पहिलो पटक सिनियर टोलीको जिम्मेवारी सम्हालेको बताउँदै यो आफ्नो लागि चुनौति र अवसर दुवै भएको पनि खुलासा गरे । त्यस्तै कप्तान चेम्जुङले दुवै टोलीसँगको खेल चुनौंतिपूर्ण हुने बताए ।

त्यस्तै ताजकिस्तानका प्रशिक्षकले नेपालको टोली उत्कृष्ट रहेको बताउँदै आफुले विशेष रणनीति बनाएर टोलीलाई मैदानमा उतार्ने बताए । साथै उनले यो मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीको छनौट गर्न सहज हुने पनि बताए ।