काठमाडौं । नेपाली महिला यु-१९ टोली युएईलाई आठ विकेटले पराजित गर्दै ट्वान्टी-२० विश्वकपका साथै एसिया कपका लागि पनि छनोट भएको छ । बुधवार युनाइटेड अरब इमिरेट्स(युएई) लाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपका लागि छनोट भएको हो ।
विश्वकपका साथ नेपालले आगामी महिना एसिसीको आयाेजनामा हुन लागेको पहिलो संस्करणको यु १९ महिला एसिया कपका लागि समेत छनोट भएको छ ।
एसिसीको आयोजनामा डिसेम्बर १४ देखि २१ सम्म मलेसियामा आयोजना हुने यु-१९ एसिया कपको पहिलो संस्करणमा ६ राष्ट्रको सहभागीता रहनेछ । सहभागी ६ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा नेपाल, भारत र पाकिस्तान छन् । यसैगरी समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र आयोजक मलेसिया छन् ।
यु १९ महिला एसिया कपमा नेपालको खेल तालिका :
मंसिर ३० (डिसेम्बर १५) – पाकिस्तान
पुस १ (डिसेम्बर १६) – भारत 

















