विश्वकप छनोटमा विश्व विजेता अर्जेन्टिना पराजित

Image

एजेन्सी । विश्व विजेता अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप अन्तर्गतको खेलमा पराजित भएको छ। शुक्रबार सम्पन्न खेलमा पराग्वेले अर्जेन्टिनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

डिफेनसोर्स डेल चेको रंगशालामा पाराग्वेलाई जित दिलाउन एन्टोनियो सानाब्रिया र ओमर एल्डरेटेले गोल गरे । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गरे ।

खेलको ११ औं मिनेटमा मार्टिनेजको गोलमार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो । तर आठ मिनेटपछि नै सानाब्रियाले पाराग्वेलाई बराबरीमा ल्याए ।

एल्डरेटेले ४७औं मिनेटमा गोल गर्दै पाराग्वेलाई २-१ ले अगाडि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा पाराग्वले रोमाञ्चक पुनरागमन जित दर्ता गर्यो ।

हारका बाबजुद अर्जेन्टिना अंक तालिकाको शीर्ष स्थानमा छ । अर्जेनिटनाको २२ अंक छ । पाराग्वको १६ अंकसहित छैटौं स्थानमा छ । अर्को खेलमा ब्राजिलले भेनेजुएलासँग १- १ को बराबरी खेलेको छ। इक्वेडरले बोलिभियालाई ४-० ले हराएको छ।