काठमाडौं । ब्राजिल फिफा विश्वकप दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । शुक्रबार घरेलु टोली भेने जुएलासँग १-१ को बराबरीमा रोकिएको हो ।
मोनुमेन्टल डी माटुरिन रंगशालामा ब्राजिलका लागि राफिन्हा र भेनेजुयलाका लागि टेलेस्को सेगोभियाले गोल गरे । खेलको ४३औं मिनेटमा राफिन्हालको गोलमार्फत ब्राजिलले अग्रता लिएको थियो । ४६औं मिनेटमा सेगोभियाले भेनेजुएललाई बराबरीमा ल्याए ।
भिनिसियस जुनियर पेनाल्टीमा चुक्दा ब्राजिलले ६२ औं मिनेटमा अग्रता लिने सुनौलो अवसर गुमायो । अन्तिम समयमा एलेक्सजेन्डर गोन्जालेजले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि भेनेजुएला १० खेलाडीमा समेटियो ।
बराबरीसँगै नितजासँगै ११ खेलमा १७ अंक जोडेको ब्राजिल १० टोलीको तालिकाको तेस्रो स्थानमा छ । भेनेजुएला समान खेलबाट १२ अंकका साथ सातौं स्थानमा छ ।

















