विश्वकपमा पुर्‍याएकी यु १९ कप्तान पूजा फेस अफ द बोल्ट्स नियुक्त

Image

काठमाडौं । नेपालको यू-१९ महिला टोलीकी कप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्टुसले ‘फेस अफ दि बोल्ट्स’ घोषणा गर्दै एम्बासडर नियुक्त गरेको छ।

जनकपुरले सोमबार एक कार्यक्रम आयोजना गर्दै पूजालाई फेस अफ दि बोल्ट्स घोषणा गरेको हो। आगामी मंसिर १५ देखि हुने एपिएलमा जनकपुरको मार्की खेलाडीमा आसिफ शेख छन्।

जनकपुरले फेस अफ दि बोल्ट्स घोषणा गर्नुअघि पूजालाई सोमबार गृह जिल्ला महोत्तरीमा भव्य स्वागत गरिएको थियो। पूजाको कप्तानीमा नेपाली यू-१९ टोलीले गत साता यू-१९ महिला विश्वकपमा स्थान पक्का गरेको थियो। यू-१९ विश्वकप आगामी जनावरीदेखि मलेसियामा आयोजना हुँदैछ।

जनकपुर बोल्ट्सको टोली

आसिफ शेख, अनिलकुमार शाह, ललितनारायण राजवंशी, रुपेश सिंह, अरनिको यादव, शुभ कशांकार, तुल बहादुर थापा, किशोर महतो शेर मल्ल, हेमन्त धामी, आकाश त्रिपाटी, जिमी निशम, जोशुवा ट्रम्प, मोहम्मद मोहसिन, लाहिरु मिलन्था र सोयब मक्सद।