मेस्सीको असिस्टमा मार्टिनेजले गरेको गोल निर्णायक बन्दा अर्जेन्टिना विजयी

Image

काठमाडौं । दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिनाले पेरुलाई पराजित गरेको छ । गए राति भएको खेलमा अर्जेन्टिनाले १-० को जित निकालेको हो । अर्जेन्टिनाले खेलमा दबदबा बनाएको थियो ।

उसले बलमा ७४ प्रतिशत नियन्त्रण कायम राख्दा पेरुले जम्मा २६ प्रतिशत नियन्त्रण जमाएको थियो । अर्जेन्टिनाले १० र पेरुले १८ फउल गरेको खेलमा पेरुका खेलाडीले ३ वटा एलो कार्ड पाएका थिए ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा भने अर्जेन्टिनाले गोल गर्‍यो । अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले ५५औँ मिनेटमा गोल गरे । मेस्सीले असिस्ट गरेको उक्त गोल निर्णायक बन्दा अर्जेन्टिनाले पेरुविरुद्ध १-० को जित निकालेको हो ।

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना यो जितसँगै विश्वकप छनोटनजिक पुरगेको छ । अर्जेन्टिना १२ खेलबाट २५ अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ ।