केनको ह्याट्रिकमा अग्सवर्गमाथि बायर्न म्युनिखको जित

Image

काठमाडौं । ह्यारी केनको ह्याट्रिकमा जर्मन लिग बुन्डेसलिगामा बायर्न म्युनिखले अग्सवर्गमाथि सहज जित निकालेको छ । घरेलु मैदान एलियान्ज एरिनामा भएको खेलमा केनले ह्याट्रिकमा बायर्न म्युनिखले अग्सवर्गमाथि ३-० गोलअन्तरको जित निकालेको हो । पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो ।

खेलको ६३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै केनले बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा बायर्नले अर्को पेनाल्टी पायो । र, त्यसमा पनि केन गोल गर्न चुकेनन् ।

इन्जुरी समयको पाँचौँ मिनेटमा गोल गर्दै केनले ह्याट्रिक पूरा गरेपछि खेल बायर्नले ३-० गोलअन्तरले जितेको हो । जारी बुन्डेस लिगामा यस सिजन केनले १४ गोल गरिसकेका छन् ।

लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखको ११ खेलबाट २९ अंक भएको छ । पराजित अग्सवर्ग भने ११ खेलबाट १२ अंकका साथ तालिकाको १३औँ स्थानमा छ ।