काठमाडौं । नेत्रहीन क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल श्रीलंकासँग ७० रनले पराजित भएको छ । श्रीलंकाले दिएको १९६ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि दुर्गादत्त पौडेलले २४ र नरेश चौधरीले २३ रन बनाए । श्रीलंकाका निपुना कविन्दा र दमिथ सन्दरुवानले समान विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा चार विकेट गुमाउँदै १९५ रनको योगफल तयार पारेको थियो । श्रीलंकाका दमिथ सन्दरुवानले ६६ बलमा अविजित १०० रन बनाए । नेपालका सुनिल रानामगर र सुनिल सुवेती क्षेत्रीले समान एक विकेट लिए ।