काठमाडौं । स्पेनिस ला लिगामा केलियन एम्बाप्पेले चार खेलपछि गोल गरेका छन् । आइतबार राति रियाल मड्रिडले लेगानेसलाई ३–० ले हराउँदा एम्बाप्पेले एक गोल गरे ।
यसअघि उनले ला लिगमा अक्टोबर २० मा सेल्टाभिगोविरुद्ध गोल गरेका थिए । त्यसपछि बोरुसिया डर्टमन्ड, बार्सिलोना, एसि मिलान र ओसासुनाविरुद्ध गोलविहिन भएका थिए । यसै सिजन रियाल अनुबन्ध भएका एम्बाप्पे स्वभाविक लयमा नभएपछि प्रशिक्षक कार्लाे एन्सोलोटी दबाबमा दिए ।
रियालको जितमा थप गोल फेडेरिको भाल्भर्डे र जुड वेलिंघमले गरे । एक गोल पहिलो हाफमा भएको थियो । दोस्रो हाफमा दुई गोल भएका हुन् । भिनिसियस जुनियरको पासमा एम्बाप्पेले ४३औं मिनेटमा रियाललाई अग्रता दिलाएका हुन् ।
जितपछि रियाल दोस्रो स्थानमा उक्लिएको छ । १३ खेलबाट उसको ३० अंक छ । १४ खेल खेलेको बार्सिलोना ३४ अंकसहित शीर्ष स्थानमा रह्यो । १४ खेलबाटै लेगानेस १४औं स्थानमा रहेको छ ।

















