काठमाडौं । अग्रता जोगाउन नसक्दा जावलाखेल युथ क्लब ललित स्मृति एन्फा यु-१८ युथ लिगमा सोमबार विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबसँग १-१ को बराबरीमा रोकिएको छ ।
यो नतिजासँगै १२ खेलमा १८ अंक जोडेका जावलाखेल सातौं र एपिएफ आठौं स्थानमा छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा जावला खेलका लागि धवेन्द्र कुँवर र एपिएफका लागि पवन पाख्रिनले गोल गरे ।
खेलको चौथो मिनेटमै धवेन्द्रको गोलमार्फत जावलाखेलले अग्रता लिएको थियो । ३१ औं मिनेटमा पवनले एपिएफका लागि बराबरी गोल फर्र्काए ।
त्यसपछि गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने । सोमबारै सम्पन्न पहिलो खेलमा थ्री स्टारले नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्यो ।

















