रोनाल्डोको सानदार प्रदर्शनमा अल नासर विजयी, टोली नकआउट चरणमा

Image

काठमाडौं । क्रिष्टियानो रोनाल्डोको दुई गोलमा अल नासरले एएफसी च्याम्पियन्स लिगमा जित निकालेको छ । सोमबार राति भएको खेलमा अल नासरले अल घरफालाई ३–१ ले हरायो । साउदी प्रो लिग क्लब नासरको जितमा रोनाल्डोले दुई तथा एन्जेलो गाब्रिअलले एक गोल गरे ।

जितपछि अल नासर १३ अंक जोड्दै दोस्रो स्थानमा छ । क्वार्टरफाइनलमा स्थान बनाउँन अर्काे खेल जित्नुपर्ने हुन्छ । अल अहली १५ अंक बनाउँदै शीर्ष स्थानमा रहेर क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पराजित अल घरफा ४ अंकसहित आठौं स्थानमा छ ।

कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलको अद्वितीय प्रदर्शनसँगै टोली नकआउट चरणमा पुगेको छ।

खेलको सुरुआतमा रोनाल्डोको दुई प्रहार गोलकिपर सर्जियो रिकोमले विफल बनाएका थिए। तर, पहिलो हाफको अन्त्यतिर ४५औं मिनेटमा रोनाल्डोले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै अल नासरलाई अग्रता दिलाए। दोस्रो हाफको सुरुआतमा उनले एन्जेलो ग्रबियलको क्रसलाई कुशलतापूर्वक सदुपयोग गर्दै व्यक्तिगत दोस्रो गोल गरे।

५८औं मिनेटमा एन्जेलोले व्यक्तिगत गोल थप्दै टोलीलाई २–० को सुरक्षित अग्रता दिलाए। खेलको ६ मिनेटपछि रोनाल्डोले तेस्रो गोल गरे।

यद्यपि, अल–घराफाले रियल मड्रिडका पूर्व स्ट्राइकर जोसेलुको ७५औं मिनेटको गोलमार्फत खेलमा फर्काउने संकेत देखाए। तर, त्यो जितका लागि पर्याप्त रहेन।