एटलेटिको मड्रिडले च्याम्पियन्स लिगमा गर्‍यो गोलको वर्षा

Image

एजेन्सी । च्याम्पियन्स लिगमा स्पेनको एटलेटिको मड्रिडले गोलको वर्षा गरेको छ । लिग चरणको खेलमा एटलेटिको मड्रिडले अवे मैदानमा गोल वर्षा गरेको हो । चेक गणतान्त्रिक स्पार्ट प्रागको पोष्टमा एटलेटिकोले ६ गोल गरेको हो ।

लिग चरणमा यसअघि दुई खेल गुमाएको एटलेटिकोले उत्कृष्ट पुनरागमन गर्दै अवे मैदानमा गोल वर्षाको गरेको हो ।

एटलेटिकोलाई फराकिलो जित दिलाउन जुलियन अल्भारेज र एन्जल कोरेआले दुई–दुई गोल गरे । एन्टोनी ग्रिजम्यान र मार्कोस लोरेन्टले एक–एक गोल गरे । यो जितले एटलेटिकोलाई लिग चरण अंकतालिकाको १३ औं नम्बरमा उकालेको छ ।