काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीलाई प्याल्टफर्म एजुकेशन फाउन्डेसनले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
प्याल्टफर्मका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल खतिवडा र ललितले बुधवार सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता ३ वर्षका लागि हुने कार्यक्रममा बताइएको छ । सम्झौता रकम भने खुलाइएको छैन ।
नेपाली क्रिकेट विकासमा सहयोग गर्न र खेलाडीलाई खेलेर जीवन निर्वाहको आधार तयार गर्न यो सम्झौता गरिएको सिइओ खतिवडाले बताए ।

क्रिकेटर ललितले फाउन्डेसनलाई धन्यवाद व्यक्त गर्दै फाउन्डेसनको प्रबर्द्धनमा आफूले सक्दो सहयोग गर्ने बताए । ललित अब आफ्नो क्रिकेट ब्याटमा प्याल्टफर्मकाे स्टिकर प्रयोग गर्नेछन् ।
ललित जनकपुर बोल्ट्सबाट नेपाल सुपर लिग (एनपिएल) खेल्ने तयारीमा छन्। जनकपुरले शनिवार विराटनगर किङ्सको सामना गर्दै एनपिएलको सुरुवात गर्नेछ।

















