काठमाडौं । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले अनिल साहलाई कप्तान बनाएको छ। भोलिदेखि सुरु हुने लिगमा ८ टोली रहेका छन्। तीमध्ये ७ टोलीमा मार्की खेलाडीलाई नै कप्तान बनाउँदा जनकपुरले भने साहलाई कप्तानी सुम्पिएको हो।
एनपिएल सुरु हुने अघिल्लो दिन शुक्रवार आयोजित कप्तानसँगको अन्तक्रिया कार्यक्रममा जनकपुरका तर्फबाट अनिल शाह कप्तानको रुपमा प्रस्तुत भए, र मार्की बाहेकलाई कप्तान बनाउने जनकपुर एक्लो टोली बनेको छ । जनकपुर बोल्ट्सको कप्तानमा अनिल शाह नियुक्त भएका छन् भने अन्य टिमले मार्की खेलाडीहरुलाई नै कप्तान बनाएका छन् ।
आफूलाई टोलीले विश्वास गरेर कप्तानको जिम्मेवारी दिएको अनिलले बताए । ‘मलाई स्थानिय खेलाडीको जानकारी धेरै हुने भएकोले टिमले मलाई जिम्मेवारी दिएको होला । आसिफ शेख तथा टिम व्यवस्थापनको निर्णयले नै मलाई यो जिम्मेवारी दिईएको हो,’ अनिलले भने ‘टिमले ममाथि विश्वासका साथ यो जिम्मेवारी दिएको छ । यसलाई सफलताका साथ पूरा गर्ने मेरो प्रयास हुनेछ ।’
नेपाली खेलाडीको लागि भएको अक्सनमा आठै टोलीले अधिकतम १५ लाख मुल्य लगाउने अनिल एक मात्र खेलाडी थिए । गोला प्रथामा उनी जनकपुरमा परेका थिए । जनकपुरले शनिवार उद्घाटन खेलमा विराटनगर किंग्ससँग खेल्दैछ ।