जनकपुरका मिलान्थाको अर्धशतक

Image

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सका अमेरिकन ब्याटर लाहिरु मिलान्थाले अर्धशतक प्रहार गरेका छन्।

उनले ३९ बलमा ६चौका र २ छक्का प्रहार गर्दै अर्धशतकीय पारी पूरा गरेका हुन्। उनले १२ ओभरको पहिलो बलमा एक रन लिँदै अर्धशतक पूरा गरेका हुन्।

जनकपुरका दुवै ब्याटर सस्तैमा आउट हुँदा मिलान्था ५० र हर्ष थाकेर २१ बलमा १२ रन बनाएर खेलिरहेका छन्। ओपनर आशिफ शेख डक आउट भए भने अर्का ओपिनर अनिल शाह ५ रनमा बोल्ड आउट भएका थिए।