कर्णालीका लागि पहिलो सफलता, मौसम ढकालले तोडे आसिफ र अनिलको साझेदारी

Image

काठमाडौं । मौसम ढकालले जनकपुर याक्सको बलियो साझेदारी तोड्दै कणाली याक्सलाई पहिलो सफलता दिलाएका छन्।

कर्णाली लिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको जनकपुरले दशौँ ओभरको खेल जारी रहँदा १ विकेटको क्षतिमा ८४ रन बनाएको छ।

पहिलो विकेटका लागि अ‍ोपनर ओपनर अनिल शाह र आसिफ शेखले ८४ रनको साझेदारी गर्दै जनकपुरलाई बलियो स्थितिमा पुर्याएका छन्।

कर्णालीका मौसमले दशौँ ओभरको चौथो बलमा आसिफ शेखलाई ३६ रनमा क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए। आसिफले २९ बलमा २ चौका र २ छक्का हाने।