रियाल मड्रिडलाई हराउँदै एथ्लेटिक उक्लियो च्यापियन्स लिग जोनमा

Image

काठमाडौं । स्पेनिस ला लिगामा दोस्रो स्थानको रियाल मड्रिड चौथो स्थानको एथ्लेटिक क्लबसँग हारेको छ । घरेलु मैदानमा एथ्लेटिकले रियाललाई २-१ गोल अन्तरले हराएको हो ।

उसलाई विजयी गराउन बेरेंगुएर र गुरुजेटाले गोल गरे । यो जितसँगै एथ्लेटिक च्याम्पियन्स लिगको सम्भावनासहितको क्याम्पमा उक्लिएको छ । चौथो स्थानमा उक्लिएको एथ्लेटिकको २९ अंक भएको छ भने शीर्ष स्थानको बार्सिलोनाको ३७ अंक छ । हारेको रियालको भने ३३ अंक छ ।