पावरप्लेमा चितवनविरुद्ध कर्णालीको राम्रो सुरुवात

Image

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को छैटौं दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पावरप्लेमा राम्रो सुरुवात गरेको छ। चितवनले दिएको १३१ रनको लक्ष्य पछ्याएको कर्णालीका दुई ओपनरले राम्रो सुरुवात दिलाएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १३१ रनको लक्ष्य पछ्याइरहेको कर्णालीले कुनै पनि विकेट गुमाएको छैन ।

शिखर धवनले १७ बलमा दुई चौका र एक छक्कासहित २० रन बनाएका छन् । उनलाई १९ बलमा एक चौकासहित १० रन बनाएका देव खनालले साथ दिइरहेका छन् ।

कर्णाली पहिलो जितको खोजीमा छ । यसअघिका दुबै खेलमा कर्णालीले पराजय ब्यहोरेको थियो । चितवन भने लगातार तेस्रो खेलमा जित निकाल्न चाहन्छ ।