एनपीएलमा रोहितको कीर्तिमानी रन, बने यो उपलब्धि हासिल गर्ने खेलाडी

Image

काठमाडौं । नेजारी नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले कीर्तिमानी रन बनाएका छन् । कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङमा पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रोहितले नै टस जितेर पहिला ब्याटिङको निर्णय लिएका थिए। तर, पहिलो पावर प्लेमा यो निर्णय धातक सावित भएको देखिएको थियो। ओपनरद्वय आशुतोष धिरौया र उन्मुक्त चन्द खाता नै नखोलि पभिलियन फर्किए। तर, तेस्रो नम्बरमा आएका रोहितले कप्तानी इनिङ्स खेल्दै लुम्बिनीलाई निर्भारित २० ओभरमा पाँच विकेट गुमाउँदै १७० को स्कोरसम्म पुर्‍याएका हुन्।

लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ९५ रन जोडे । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरेका थिए । लिगमा पहिलो अर्धशतक रोहितले ३५ बलमा पूरा गरेका थिए ।

यो एनिएलमा कुनै पनि ब्याटरले एकै इनिङ्समा बनाएको सबैभन्दा धेरै रन हो। यसअघि विराटनगरका लाहिरू मिलन्थाले अविजित रहँदै सर्वाधिक ७५ रन बनाएका थिए। उक्त कीर्तिमान रोहितले तोडेका हुन्।

यस्तै, राेहित नेपाल प्रिमियर लिगमा अर्धशतक हिर्काउने चाैथाे नेपाली खेलाडी बनेका छन् । राेहितले आज पाेखरा एभेन्चर्सविरूद्धकाे खेलमा अर्धशतक हिर्काएका हुन्।

यसअघि जनकपुरका कप्तान अनिलकुमार शाह पहिलाे,सुदूरपश्चिम राेयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी दाेस्राे र विराटनगर किङ्सका लाेकेश बम तेस्रो एनपीएलमा अर्धशतक हिर्काउने नेपाली खेलाडीकाे सूचीमा छन् ।