काठमाडौं । लुम्बिनी लायन्सले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले सान्दार सुरुआत गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पोखराले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा विना कुनै विकेट गुमाएर ८० रन बनाएको छ ।
पोखराका लागि आन्द्रेस गोउसले १९ बलमा पाँच चौका र तीन छक्कासहित ४६ रन बनाएका छन् । उनलाई १७ बलमा तीन चौका र दुई छक्कासहित २६ रनमा रहेका दीनेश खरेलले साथ दिइरहेका छन् ।
















