काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार खेलिएको खेलमा पोखरा एभेन्जर्सका तथा अमेरिकी ब्याटर आन्द्रेस गौसले अर्धशतक बनाएका छन् । उनले शुक्रबार खेलिएको लुम्बिनी यालन्सविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् ।
गाउसले एनपिएलको सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान आफ्नो नाम गरेका छन् । उनले २० बलमा अर्धशतक पूरा गरे । अर्धशतक पुरा गर्ने क्रममा गौसले २० बलको सामना गरी चार छक्का र पाँच चौका हिर्काए ।
उनले ५२ रन बनाउँदै अविजित छन् । जारी एनपीएलमा बनेको यो ११ औँ अर्धशतक हो । हालसम्म चितवन राइनोजका रवी बोपराले दुईवटा अर्धशतक बनाएका छन् ।
यसका अतिरिक्त, सुदूरपश्चिम रोयल्सका ब्रान्डन म्याकमलेन, विराटनगर बोल्ट्सका लोकेश बम, कर्णाली याक्सका शिखर धवन, सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका अनिलकुमार साह, विराटनगर किङ्सका मार्टिन गप्टिल र जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले अर्धशतक बनाएका छन् ।
रोहितको उत्कृष्ट ब्याटिङमा लुम्बिनीको १७० रन
टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५ विकेटको क्षतिमा १७० रन जोड्यो। खेलमा रोहितले ९५ रन जोडे। अन्तिम बलमा रन आउट भएका रोहितले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे। जारी एनपिएलमा यो स्कोर व्यक्तिगत उच्च स्कोर हो।
रोहितसँग टस मुर्सले ११० रनको साझेदारी गरेका थिए। जसका कारण लुम्बिनीको रनले गति लिएको थियो। १९औं ओभरको अन्तिम बलमा आउट हुनुअघि मुर्सले ३८ बलमा २ चौका र २ छक्काको मद्दतमा ४५ रन जोडे।
त्यसअघि लुम्बिनीका दुवै ओपरन डक आउट भएका थिए। आशुतोष घिरैया इनिङ्ग्सको तेस्रो बलमा तथा उन्मुक्त चन्द तेस्रो ओभरमा शून्यमा रनमा पेभिलियन फर्के। दुवैको विकेट पोखराका विपिन खत्रीले लिएका थिए। उनले आशुतोषलाई एलबिडब्लूको धरापमा पार्दा चन्दलाई रेमन्ड राइफरबाट क्याच गराए।
सन्दीप जोराले १८ रन जोडेर आउट भएका थिए। पोखराका माट क्रिचलीको एलबिडब्लूको धरापमा पर्नुअघि जोराले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे। बलिङमा पोखराका विपिन खत्रीले दुई विकेट लिए।
















