सुदूरपश्चिमविरुद्ध लुम्बिनीले जित्यो टस, यस्तो छ दुवै टोलीको प्लेइङ-११

Image

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) को सातौं दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ। कीर्तिपुरस्थिती टियु मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् ।

यसअघि लगातार दुई खेल हारेको लुम्बिनी पहिलो जितको खोजीमा छ । लुम्बिनीले पहिलो खेलमा विराटनगरविरुद्ध दुई विकेट तथा दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको थियो ।

यसअघि दुवै खेल जितेको सुदूरपश्चिम त्यो लय कायम राख्दै लगातार तेस्रो जित हात पार्ने लक्ष्यमा छ । सुदूरपश्चिमविरुद्ध पनि जित निकाल्न नसके लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना न्युन हुनेछ ।

उता लगातार तेस्रो जित निकाल्न सके सुदूरपश्चिमलाई प्लेअफको बाटो सहज बन्नेछ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० तथा काठमाडौं गुर्खाजलाई ७३ रनले हरायो ।

दुवै टिमको खेल हेर्न मैदानमा दर्शक भरिभराउ छन् । आज शनिबार सार्वजनिक बिदाको दिन भएकाले बिहानैदेखि दर्शकहरूको बाक्लो उपस्थिति छ । टिकट पनि अघिल्लो दिन नै सोल्डआउट भइसकेको थियो ।

दुवै टोलीको प्लेइङ-११ : 

लुम्बिनी लायन्स प्लेइङ ११ : अर्जुन कुमाल, रोहित पौडेल, टम मूर्स, उन्मुक्त चन्द, सन्दीप जोरा, बिबेक यादव, साद बिन जफर, सूर्य तामाङ, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, दिनेश अधिकारी

सुदूरपश्चिम रोएल्स प्लेइङ ११ : इशान पाण्डे, अमित श्रेष्ठ, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, नरेश बुढाएर, सैफ अली जैब, अविनाश बोहरा, स्कट कुगेलेइन, नरेन साउद