काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले राम्रो सुरुवात गरेको छ। टियु क्रिकेट मैदानमा शनिबार लुम्बिनीसँग टस हारेर ब्याटिङ पाएको सुदूरपश्चिमले बिना कुनै विकेटको क्षति ४७ रन बनाएको छ।
दुवै टिमको यो तेस्रो खेल हो। लुम्बिनीले पहिलो खेलमा विराटनगरसँग २ विकेटले हार बेहोरेको थियो भने, दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटको फराकिलो पराजय हात परेको थियो।
सुदूरपश्चिमले पहिलो खेलमा विराटनगरलाई ९० रनले हराएको थियो। दोस्रो खेलमा काठमाडौं सुदूरपश्चिमसँग ७३ रनले हारेको थियो।
यसैबीच विनोद भण्डारी १७ रन बनाएर आउट भएका छन्। उनले १३ बलमा २ चौका प्रहार गरे। कप्तान रोहित पौडेलले उनको विकेट लिएका हुन्।
लुम्बिनी लायन्स प्लेइङ ११ : अर्जुन कुमाल, रोहित पौडेल, टम मूर्स, उन्मुक्त चन्द, सन्दीप जोरा, बिबेक यादव, साद बिन जफर, सूर्य तामाङ, रामोन सिमोण्ड्स, दुर्गेश गुप्ता, दिनेश अधिकारी
सुदूरपश्चिम रोएल्स प्लेइङ ११ : इशान पाण्डे, अमित श्रेष्ठ, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, नरेश बुढाएर, सैफ अली जैब, अविनाश बोहरा, स्कट कुगेलेइन, नरेन साउद
















