लुम्बिनीविरुद्ध सुदूरपश्चिमको शानदार जित, यी खेलाडी बने जितका ‘नायक’

Image

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) लगातार तेस्रो जित हात पारेको छ । शनिबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले अपराजित यात्रा कायम राखेको हो ।

सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो । लम्बिनीको भने यो लगातार तेस्रो हार हो । लुम्बिनी यसअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । १९ रनमै ५ विकेट गुमाएको लुम्बिनीका लागि विवेक यादवले सर्वाधिक ७७ रन बनाए । अविजित रहेका उनले ५४ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे ।

यस्तै सन्दीप जोराले २० तथा दिनेश अधिकारीले १४ रन बनाए भने बाँकीले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका तीन खेलाडीले खाता समेत खोल्न सकेनन् ।

बलिङमा सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलेन ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । यस्तै सैफ जैबले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट नै लिए । स्कट कुगेलेइनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अविनाश बोहराले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टर जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८७ रन दिएको थियो ।

सुदूरपश्चिमका लागि ओपन सैफ जैबले सर्वाधिक ९० रनको योगदान दिए । उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए । शतक नजिक पुगेका जैव रामोन सिमोन्डको बलमा उन्मुक्त चन्दको हातबाट क्याच आउट हुन पुगे। सेफ आउट भए लगत्त क्रिजमा आएका आरिफ शेख अर्को बलमा नै आउट भए ।

कप्तान दीपेन्द्रले विस्फोटक पारी खेले । ऐरीले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा नट आउट ३९ रन बनाए । ब्रेन्डन मक्मेलनले २० बलमा १ चौका र १ छक्काको सहयोगमा २३ रन बनाए । उनी विवेक यादवको बलमा साद विन जाफरको बलमा क्याच आउट भए ।

विनोद भन्डारीले १३ बलमा १७ रन जोड्दै लुम्बिनीका कप्तान रोहित पौडेलको बलमा क्याच आउट भए ।

लुम्बिनीका लागि रमोन सिमन्ड्सले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेलले ४ ओभर बलिङ गर्दै २२ रन खर्चेर एक विकेट लिए । विवेक यादवले पनि एक विकेट हात पारे ।

एनपीएलमा दुई खेल खेलेको लुम्बिनीले दुवै खेलमा हार व्यहोरेको छ। लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजीत भएको थियो। दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग पराजीत भएको थियो।

३ खेलमा ३ जीत निकालेको सुदूरपश्चिम हाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ३ खेलमा ६ अंक जोडेको जनकपुर दोस्रो स्थानमा रहेको छ । ३ खेलमा २ जीत निकालेको चितवन ४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।