एजेन्सी । ट्रविस हेडको शतक र तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा भारतविरुद्ध सानदार जित हात पारेको छ । आइतवार सकिएको दोस्रो टेस्टमा अस्ट्रेलियाले भारतमाथि १० विकेटको सानदार जित हात पारेको हो । जितसँगै ५ खेलको सिरिजमा १-१ को बराबरी भएको छ ।
भारतले तेस्रो दिनको खेल ५ विकेट गुमाएर १ सय २८ रन बनाएको अवस्थामा सुरुवात गरेको थियो । आइतवार थप ४७ रन जोडेर भारत अल आउट भएको थियो ।
नितिशकुमार रेड्डीले सर्वाधिक ४२, रिषभ पन्त र शुभमन गिलले समान २८ ,ओपनर यशस्वी जैसवाल २४, लोकेश राहुल ७, विराट कोहली ११ र रोहित शर्मा ६ रनमा आउट भए । अष्ट्रेलियाका प्याट कमिन्सले १४ ओभरमा ५७ रन खर्चिएर ५ विकेट लिए । स्कट बोलाण्डले ३ तथा मिचेल स्टार्कले २ विकेट लिए ।
दोस्रो इनिङमा १९ रनको सामान्य लक्ष्य घरेलु टोली अस्ट्रेलियाले ३.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
त्यसअघि अष्ट्रेलिया पहिलो इनिङमा ३ सय ३७ रनमा अल आउट भएको थियो । ट्रविस हेडले १ सय ४१ बलमा १७ चौका र ४ छक्कासहित १४० रनको शतकीय इनिङ खेलेका थिए । उनको टेस्ट करिअरको यो आठौं शतक रहेको थियो । भारतका जस्प्रित बुमराह र मोहम्मद शिराजले समान ४ विकेट लिए ।
त्यसअघि भारत पहिलो इनिङमा १ सय ८० रनमा अल आउट भएको थियो । नितेश कुमार रेड्डीले सर्वाधिक ४२ रन बनाएका थिए । अष्ट्रेलियाका मिचेल स्टार्कले ६, प्याट कमिन्स र स्कट बोलान्डले समान २ विकेट लिए ।