Khabar Board

बालेन र हर्क साम्पाङको जितमा प्रचण्डको टिप्पणीः लोकतन्त्रको फूलबारीमा फक्रेका फूलहरू (भिडिओ)

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं र धरानमा नयाँ फूलहरू फक्रिएको बताएका छन्। शनिबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा उनले काठमाडौं र धरानमा स्वतन्त्र उम्मेदवारहरू विशिष्ट ढंगले आएको बताए।

कतिपय बुद्धिजीवीहरूले स्वतन्त्र उम्मेदवारहरूले मेयरहरू जित्नु राजनीतिक दलहरूलाई राम्रो झापड भनेर विश्लेषण गरे पनि आफूले उनीहरूलाई नयाँ फूलहरू फक्रिएको रूपमा हेरेको बताए।

‘एकथरीको भनाइ छ कि राजनीतिक दलहरूका निम्ति राम्रै झापड, थप्पड, चुनौती हो भनेर आइराख्या छ। अहिलेको स्थानीय तह निर्वाचनमा काठमाडौं र धरानमा जुन विचार, प्रवृत्तिसहित जुन संकल्पसहित दुई जना युवाहरू जनताको बीचमा प्रस्तुत हुनुभयो। त्यसलाई विशिष्ट मान्नुपर्छ,’ उनले भने,‘अरूलाई स्वतन्त्रमा थप्न जरूरी छैन। संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौं र धरानमा फेरि नयाँ फूलहरू फक्रिएको ठान्छु।’

काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह र धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित भएका छन्।यस्तै, उनीहरूबाहेक अन्य ठाउँमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएकाहरूलाई भने स्वतन्त्र भन्न नमिल्ने प्रचण्ड बताउँछन्। पार्टीका नेताहरू नै विजयी र्‍यालीमा हिँडेका कारण उनीहरूलाई स्वतन्त्र भन्न नमिल्ने उनले बताए।

‘स्वतन्त्र भनेर सबै स्वतन्त्र भएको म देख्दिनँ। बडो विशिष्ट ढंगले दुइटा पात्र, काठमाडौं र धरानको मेयरमा विजयी भएका उहाँहरू साँचो रूपमा स्वतन्त्रका रूपमा आउनुभयो। र कोही पार्टी उहाँहरूका पछाडि। पार्टीका नेताहरूका पछाडि लागेर हिँडेको देखिएन,’ उनले भने, ‘बाँकी स्वतन्त्र भनिए पनि उहाँहरू स्वतन्त्र होइनन् पार्टी नै हो।’

समाजिक बिकास कार्यालय बैतडी

जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साहको विजयी र्‍यालीमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू हिँडेको उनले बताए।

‘जनकपुरको हामीले हेर्यौं। नेपाली कांग्रेसकै कार्यकर्ताहरूदेखि वरिष्ठ नेताहरू सबै विजयी र्‍यालीमा हिँड्नुभएको छ, कसरी स्वतन्त्र? या धनगढीकै कुरा गरौं कसरी स्वतन्त्र पार्टीकै मान्छे लागिराखेकै छन्,’ उनले भने, ‘तर काठमाडौं र धरानका मेयर उम्मेदवार अलि विशिष्ट ढंगले प्रस्तुत हुनुभयो। यसलाई विभिन्न रूपले हेरिएको छ।’

यो पनि : ओलीलाई प्रचण्डको चुनौती- एक्लै लडेर प्रधानमन्त्री बनेर देखाउनुस्

sticker after add
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.