काठमाडौं । त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालय मा शैक्षिक सत्र २०८३ का लागि कक्षा ८ सम्म नयाँ विद्यार्थी भर्ना प्रवेश परीक्षा सम्पन्न भएको छ।
विद्यालयले उपलब्ध गराएको ३२५ सिटका लागि २१०० भन्दा बढी विद्यार्थीले सहभागिता जनाउँदै यस वर्ष अत्यधिक प्रतिस्पर्धा देखिएको छ।
देशकै प्रतिष्ठित सामुदायिक विद्यालयमध्ये एक मानिने यो विद्यालय त्रिपुरेश्वर, काठमाडौंमा अवस्थित छ। लामो समयदेखि सञ्चालनमा रहेको यस विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय सार्वजनिक शिक्षा प्रदान गर्दै आएको छ। यसले वर्षौंदेखि राम्रो शैक्षिक नतिजा, अनुशासन र दक्ष शिक्षक–विद्यार्थी उत्पादनका कारण देशभर परिचित स्थान बनाएको छ।
प्रवेश परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ। योग्य विद्यार्थी छनोटका लागि मूल्याङ्कन प्रक्रिया अगाडि बढाइएको छ।















