क्यानले दर्शक नआएपछि लिग २ को टिकट मूल्य घटाइयो

Image

काठमाडौँ । आईसीसी विश्कप लिग २ अन्तर्गत नेपालले भोलि मंगलबार ओमानसँग खेल खेल्दैछ। तीन देशबीचको अन्तिम शृङ्खलामा नेपालले ओमानसँग खेल्न लागेको हो । जारी प्रतियोगितामा नेपालले यूएईसँग दुई तथा ओमानसँग एक खेल खेलिसकेको छ।

भोलिको ओमानसँगको खेल र मे १२ देखि सुरु हुने लिग २ अन्तर्गतकै नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित सिरिजका लागि नेपाल क्रिकेट संघ ९क्यान०ले टिकटको मूल्य घटाएको छ ।

यसअघिका खेलहरुमा दर्शकको उपस्थिती अपेक्षा अनुसार नभएपछि क्यानले टिकट मूल्य घटाएको बुझिएको छ । नयाँ मूल्य अनुसार खेलको टिकटदर ४ सय रुपैयाँ कायम गरिएको छ । यसअघि नेपालको खेलमा ४ सय रुपैयाँ र ओमान र यूएईबीचको खेलको टिकट मूल्य १ सय रुपैयाँ तोकिएको थियो ।