हेटाैँडामा जेठ १३ गते बृहत् शैक्षिक महाेत्सव “२० वर्षपछिकाे हेटाैँडा” चित्रकला प्रतियाेगिता हुने

Image

हेटाैँडा/हेटाैँडा-४ नं. वडा कार्यालयकाे आयाेजनामा तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटाैँडा-४ काे व्यवस्थापनमा हुने शैक्षिक महाेत्सवकाे तयारी तिब्र बनाईएकाे छ । पूर्व निर्धारित जेठ १४ हुने भनिएकाे कार्यक्रम उक्त दिन सार्वजनिक विदा परेकाेले जेठ १३ गते बुधबार हुने शैक्षिक गुणस्तर सुधार समितिका संयाेजक श्रीराम दाहालले जानकारी दिनुभयाे । चाैधाे पटक हुन लागेकाे महाेत्सव यसपाली नगरस्तरीय हुने र नगरभित्रका विध्यालयमा  पत्रचार गरिसकेकाे र विध्यालयहरूले महाेत्सवमा सहभागी हुन विधागत तयारी गरिरहेकाे बताउनुभयाे ।

महाेत्सवमा विशेष कार्यक्रमकाे रूपमा राष्ट्रिय भाषा र सँस्कृति झल्कने नित्य प्रतियाेगिता, विज्ञान विषयकाे प्रदर्शनी र चित्रकला प्रतियाेगीता हुने ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताउनु भयाे । चित्रकला प्रतियाेगिताकाे विषय “२० वर्षपछिकाे हेटाैँडा” रहेकाे बताउँदै आजकाे विध्यालयकाे विध्यार्थीले २० वर्षपछिकाे हेटाैँडा सहर कस्ताे बनाउने परिकल्पनामा चित्रकला काेरिने छ । विध्यालय र विध्यार्थीबीचकाे स्वस्थ प्रतिस्पर्धाबाट उनीहरूकाे लुकेर बसेकाे प्रतिभालाई प्रस्फुटन गर्ने र शैक्षिक ज्ञानमा सुधार ल्याई विध्यार्थीलाई सृजनात्मक बनाउने महाेत्सवकाे उदेश्य रहेकाे वडा अध्यक्ष सिग्देलले बताउनु भयाे । 

वडा अध्यक्ष सिग्देलले महाेत्सवमा हेटाैँडा नगरभित्रका विध्यालयहरू सहभागी हुन र विध्यार्थीलाई महाेत्सवमा अवलाेकन गराउन विध्यालय प्रशासन र व्यवस्थापन समितिलाई आग्रह गर्नुभएकाे छ । वडा कार्यालयले विगत वर्षमा ३ पटकसम्म आयाेजना गरिएकाे महाेत्सवमा हजाराैँ विध्यार्थी, शिक्षक र अवलाेकन गरिएकाे बताउँदै अध्यक्ष सिग्देललेविध्यार्थी, अभिभावक र शिक्षक गरि १० हजार जनाले महाेत्सवकाे अवलाेकन गराईने व्यवस्था मिलाईएकाे अध्यक्ष सिग्देलले बताउनुभयाे ।

नृत्य प्रतियाेगितामा प्रथम २० हजार द्वितीय १५ हजार, तृतीय १० हजार  र सान्त्वनालाई ५ हजार, विज्ञान विषयकाे प्रदर्शनीमा प्रथम ३० हजार, द्वितीय २० हजार, तृतीय १० हजार र सान्त्वनालाई ५ हजार, चित्रकला प्रतियाेगितामा प्रथम २० हजार, द्वितीय १५ हजार, तृतीय १० हजार र सान्त्वनालाई ५ हजार नगद पुरस्कार रहेकाे वडा कार्यालयकाे सचिव रामप्रसाद गुरागाईले जानकारी दिनुभयाे ।