हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको पाँचौ साधारण सभा एवम् प्रदेश स्तरीय मिडिया सम्मेलनको तयारी अन्तीम चरणमा पुगेको छ । जेष्ठ २२,२३ र २४ गते हेटौंडमा हुन लागेको साधारण सभा र मिडिया सम्मलेनका लागि आवश्यक पर्ने सवै तयारी पुरा भएको प्रदेश समितिका महासचिव राधेश्याम खतिवडाले जानकारी दिनुभयो ।
२२ गते मिडिया सम्मेलनको उद्घाटन बागमती प्रदेश सरकारका मूख्यमन्त्री इन्द्र बहादुर बानियाँले गर्ने तय भएको खतिवडाले जानकारी दिनुभयो । ३ बिषयमा बिषय केन्द्रित विज्ञवक्ताको सहभागितामा सम्मेलन चल्ने बताउँदै उहाँले सम्मेलनमा बदलिदो पत्रकारिता ः संकट, चुनौती र अवसर, गुणस्तरीय पत्रकारिता, आजको आवश्यकता, समाजको आँखामा मिडिया बिषयमा बहस गरिने जानकारी दिनुभयो ।
त्यसैगरी प्रदेश समितिको पाँचौ सधारण सभा नेपाल पत्रकार महासंघ केन्द्रिय समिति अध्यक्ष निर्मला शर्माबाट उद्घटन गर्ने तयारी रहेको छ । साधारण सभामा सहभागी हुनका लागि १० जिल्लाबाट जिल्ला अध्यक्ष सहित प्रदेश परिषद सदस्यहरुको सहभागिता रहने नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिनुभयो ।
















