हेटौंडा / हेटौंडा उपमहानगरपालिका–११ नं. वडा सरस्वती खेल मैदानमा आयोजित जिल्ला स्तरीय भलिबल प्रतियोगिता–२०८३ को २१ गते भव्य रूपमा उद्घाटन गरिएको छ।
उद्घाटन समारोहमा प्रमुख अतिथि तथा हेटौंडा–११ की वडा अध्यक्ष जुना दाहालले पानसमा बत्ती बालेर तथा भलिबल खेलका क्याप्टेनलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि दाहालले हेटौडा–११ लाई खेलकुदको हब तथा खेलमैत्री वडाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।।
सरस्वती टोल विकास संस्थाको आयोजना तथा हेटौंडा उपमहानगरपालिका–११ नं. वडा कार्यालयको प्रायोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो।
उद्घाटन खेल आयोजक ए र बी टिमबीच प्रतिस्पर्धा भएको थियो। सोही दिन कुल ६ वटा टिमहरूले खेल प्रदर्शन गरिसकेको कार्यक्रम संयोजक सञ्जय बिडारीले जानकारी दिनुभयो।
आयोजक सज्जन रिमालका अनुसार प्रतियोगितामा १३ वटा टिमहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता जेठ २४ गतेसम्म सञ्चालन हुने छ।
सरस्वती टोल विकास संस्थाका अध्यक्ष गोकुल बिडारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा समापन समारोहमा २०३६ सालदेखि विभिन्न कालखण्डमा खेलकुद तथा भलिबलका विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याएका अग्रज तथा खेलाडीहरूलाई सम्मान गर्ने आयोजकले जनाएको छ।

















