हेटौडा/ मकवानपुरको राक्सिराङ गाउँपालिकामा कार्यरत सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकहरूलाई शिक्षक डायरी तथा झोला हस्तान्तरण गरिएको छ। गाउँपालिकाको पहल तथा दिगो विकासका लागि एकता नेपाल सँगको सहकार्यमा आयोजित कार्यक्रममा गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई आवश्यक शैक्षिक सामग्री प्रदान गरिएको हो।
कार्यक्रममा शिक्षकहरूको पेशागत कार्यसम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने उद्देश्यले शिक्षक डायरी र झोला वितरण गरिएको बताइएको छ। सहभागीहरूले यस्ता सहयोगात्मक कार्यक्रमले शिक्षण–सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए।
गाउँपालिकाले आगामी दिनमा पनि शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि विभिन्न संघसंस्था तथा सरोकारवालासँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।

















