हेटौडा/ मकवानपुरको राक्सिराङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनयुक्त पालिका घोषणा गरिएको छ। बिहीबार गाउँपालिका सभाहलमा आयोजित एक विशेष समारोहका बीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको हो।
कार्यक्रममा गाउँपालिकाभित्रका लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार सबै खोप प्राप्त गरेको तथा खोप कार्यक्रमको दिगोपन सुनिश्चित गर्न आवश्यक मापदण्ड पूरा भएको जानकारी दिइएको थियो।
समारोहमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। वक्ताहरूले पूर्ण खोप सुनिश्चितता कायम राख्न समुदायको निरन्तर सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए।

















