नारायणी यातायात व्यवसायी संघ मकवानपुरको अध्यक्षमा सरोज खनालको उम्मेदवारी घोषणा

Image

हेटौंडा/ नारायणी यातायात व्यवसायी संघ मकवानपुरको आगामी वार्षिक साधारणसभामा सरोज खनालले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

संघको वार्षिक साधारणसभा असार २६, २७ र २८ गते हेटौंडामा आयोजना हुँदैछ। सोही साधारणसभाबाट नयाँ नेतृत्व चयन हुने कार्यक्रम रहेकाले खनालले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

लामो समयदेखि यातायात व्यवसायमा सक्रिय रहेका खनालले व्यवसायीहरूको हकहित संरक्षण, संघको संस्थागत विकास तथा यातायात क्षेत्रका विद्यमान समस्याको समाधानलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने बताएका छन्। उनले संघलाई अझ व्यवस्थित, पारदर्शी र व्यवसायीमैत्री बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

खनालको उम्मेदवारी घोषणासँगै आगामी नेतृत्व चयनप्रति व्यवसायीहरूबीच चासो बढेको छ। साधारणसभामा अध्यक्षसहित विभिन्न पदका लागि निर्वाचन हुने अपेक्षा गरिएको छ।

नारायणी यातायात व्यवसायी संघ मकवानपुर जिल्लाको यातायात क्षेत्रसँग आबद्ध व्यवसायीहरूको छाता संगठनका रूपमा क्रियाशील रहेको छ।