हेटौँडा–४ मा ज्येष्ठ नागरिक कक्ष उद्घाटन तथा २३५ ज्येष्ठ नागरिक सम्मान

Image

हेटौडा/ हेटौँडा उपमहानगरपालिका–४ स्थित लोकतान्त्रिक चौर (हुप्र) मा ज्येष्ठ नागरिक कक्षको उद्घाटन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डाेरमणि पौडेल ले ज्येष्ठ नागरिक कक्षको उद्घाटन गर्दै समाज निर्माणमा ज्येष्ठ नागरिकले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्ने बताए।

कार्यक्रममा वडा नं. ४ का २ सय ३५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो।

कार्यक्रमको अध्यक्षता हेटौँडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नविन सिग्देल ले गरेका थिए। कार्यक्रममा विभिन्न टोल विकास संस्थाका अध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, सामाजिक व्यक्तित्व तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले ज्येष्ठ नागरिकप्रति सम्मान, संरक्षण र उनीहरूको अनुभवलाई समाज विकासमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए।