हेटाैँडा/विध्यालयबाट नै व्यवसायिक सीप विध्यार्थीलाई प्रदान गर्नुपर्ने हेटाैँडा-४ नं. वडाका अध्यक्ष नवीन सिग्देलले बताउनु भयाे ।
हेटाैँडा-४ नं. वडा कार्यालयकाे आयाेजना तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटाैँडा-४ काे व्यवस्थापनमा सञ्चालित विध्यार्थी उध्यमशिलता कार्यक्रमकाे समापन कार्यक्रम बाेल्दै विध्यार्थीलाई कितावी ज्ञानसंगै व्यवसायिक सीप प्रदान गरि विध्यार्थीलाई दक्ष, व्यवसायिक, स्वराेजगार र आत्मनिर्भर बनाउन आवश्यक रहेकाे बताउनु भयाे ।
सीप विना सैद्वान्तिक ज्ञानले मात्र आजकाे प्रतिस्पर्धात्मक समयमा आफ्ना र समाजकाे आवश्यकता पूरा गर्न सम्भव छैन उहाँकाे भनाई थियाे । स्थानीय सरकारकाे मातहतमा विध्यालय आईसकेकाेले विध्यालयबाट व्यवसायिक सीप प्रदान गर्न स्थानीय सरकारले नै ध्यान दिनपर्नेमा जाेड दिनुभयाे । ४ नं. वडाभित्र रहेका विभिन्न सामुदायिक र संस्थागत विध्यालयका विध्यार्थीलाई कपाल काट्ने २५ जना, व्यूटि पार्लर २५ जना र ईलेक्टिकल २५ जना गरि ७५ जनालाई तालिम दिईएकाे थियाे ।
हप्ताकाे दुई दिन विदालाई सदुपयाेग गर्दै सञ्चालन गरिएकाे तालिम अत्यन्तै उपयाेगि र आवश्यक रहेकाे प्रशिक्षार्थीहरूकाे भनाईरहेकाे थियाे । सहभागिहरूले पढाईसंगै नियमित रूपमा यस्ता तालिम सञ्चालन भए विध्यार्थीहरू व्यवसायिक बन्न सक्ने बताएका थिए ।
कार्यक्रममा श्रमिक मावि, विध्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्की, वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईँ, भुटनदेवी माविका प्रअ सूर्य घिमिरेकाे उपस्थिति रहेकाे थियाे । शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रशिक्षार्थी, प्रशिक्षक र कार्यक्रम संयाेजकलाई प्रमाणपत्र वितरण गरिएकाे थियाे ।















