हेटौँडामा सुरक्षागार्डमाथि धारिलो हतियार प्रहार गर्ने प्रतिवादी पक्राउ

Image

हेटौंडा/ मकवानपुर प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका एक प्रतिवादीलाई धारिलो हतियारसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८३ साल असार १६ गते राति करिब ११:५५ बजे हेटौँडा उपमहानगरपालिका–१०, रानीमहलस्थित जय गणेश वर्कसपमा सुरक्षागार्डका रूपमा कार्यरत नुवाकोटको सूर्यगढी गाउँपालिका–१ निवासी ३२ वर्षीय रोहित तामाङमाथि हेटौँडा उपमहानगरपालिका–५ निवासी ३३ वर्षीय सबिन नेपालीले कुटपिट गर्नुका साथै धारिलो हतियार (टाप) प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

घटनापछि फरार रहेका प्रतिवादी सबिन नेपालीलाई वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा २०८३ साल असार १७ गते बिहान करिब २:०० बजे आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा घटनामा प्रयोग भएको धारिलो हतियार (टाप) सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका नेपालीविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत मकवानपुरबाट ८ दिनको म्याद अनुमति प्राप्त गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।