शिक्षा र स्वास्थ्यमा देखिने गरी बजेट विनियोजन गर्छौँ : मुख्यमन्त्री थापा मगर

Image

हेटौँडा / बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै देखिने गरी बजेट विनियोजन गर्ने बताउनुभएको छ।

मंगलबार हेटौँडामा आयोजित स्वास्थ्य कार्यक्रमको एकीकृत समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट बढाउनुका साथै विनियोजित बजेटअनुसार परिणाम देखिने गरी काम गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो।

मुख्यमन्त्री थापाले प्रदेशका प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तार, आवश्यक उपकरण व्यवस्थापन तथा स्वास्थ्यकर्मीका समस्या समाधानमा प्रदेश सरकारले प्राथमिकता दिने बताउनुभयो।

उहाँले प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि जिल्लामै उपचार पाउने वातावरण बनेको र बिरामीको चापसमेत बढेको उल्लेख गर्दै स्वास्थ्य सेवाको गुणस्तर सुधारमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।