हेटौंडा । मकवानपुरमा पनि कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या बढेको छ पछिल्लो २४ घण्टामा ५६ जनामा पिसिआर परीक्षण गर्दा थप ६ जनामा कोरोना पुष्टि भएको स्वास्थय कार्यलय मकवानपुरले जनाएको छ ।
पुष्टि हुनेहरु सबै हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् ।
यसैगरि,पछिल्लो २४ घण्टामा जिल्लामा ३ जनाले संक्रमणलाई जितेका छन् ।
जिल्लामा हाल ४५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ४२ जना आफ्नै घरमा र ३ जना संस्थागत आइसोलेसन हेटौंडा अस्पतालमा उपचाररत रहेको स्वास्थय कार्यलय मकवानपुरले जानकारी दिएको छ।















