निजामती कर्मचारी युनियन डडेल्धुराको अध्यक्षमा रणेन्द्र सिंह चयन

Image

२२ पुस, डडेल्धुरा । नेपाल निजामती कर्मचारी युनियन डडेल्धुराको अध्यक्षमा रणेन्द्र सिंह निर्विरोध चयन भएका छन्। डिभिजन वन कार्याल्य डडेल्धुरामा कार्यरत वन अधिकृत रणेन्द्र सिंहको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्य समिति चयन भएको निर्वाचन समितिले जनाएको छ।

बुधवार उद्घाटन भएको आठौं जिल्ला अधिवेशनबाट कार्य समितिको उपाध्यक्षमा धनबहादुर भण्डारी (खुला), शारा भट्ट (महिला), मानबहादुर नगरकोटी (समावेशी), सचिवमा प्रेमबहादुर ऐर, सहसचिव प्रकाशचन्द्र बुढाऐर र कोषाध्यक्ष महादेव अवस्थी चयन भएका हुन। यस्तै सदस्यहरुमा नबल सिंह महता, प्रकाश घिमीरे, प्रेम बहादुर देउवा, गणेशबहादुर पाल, कमला ढाँट र निर्मला मडै निर्विरोध चयन भएको निर्वाचन संयोजक गोबिन्द भट्टले जानकारी दिए।

यस्तै युनियनको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दिलबहादुर ऐर, नेपाल निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन डडेल्धुराका निवर्तमान अध्यक्ष श्याम प्रसाद ओझा र नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय सदस्य चक्रबहादुर बिष्ट रहेका छन् भने अध्यक्षका प्रत्यासी रहेका कृषि ज्ञान केन्द्रमा कार्यरत अधिकृत छैटौं खेमराज पनेरुलाई नेपाल निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन डडेल्धुराको अध्यक्षमा सर्वसम्मत मनोनित पनि गरिएको छ।