आज दिउँसो तीनओटा प्रदेशमा मौसम बदली, आइतबार सम्म देशभरको मौसम कस्तो रहला ?

Image

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। प्रदेश २ तथा बाकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रहेको छ। पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

मौसमविद्ले देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसो बाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन आग्रह गरेका छन् ।

आगामी तीन दिनको मौसम

२०७८ पौष ३० गते (शुक्रबार)

दिउँसो : प्रदेश १ र प्रदेश २ तथा सुदूर पश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक बदली रहने छ।

२०७८ माघ ०१ गते (शनिबार)

दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ माघ ०२ गते (आइतबार)

दिउँसो : गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ।

राती : गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ।