बोलन्या थलि डडेल्धुरा बिबादमा सह-संयोजकले दिए राजिनामा

Image

डडेल्धुरा । विगत ३ वर्षदेखि समाजसेवाकाे क्षेत्रमा लागेका डडेल्धुराका सुरत तमोलिले पछिल्लो समयमा गरीब, दुखी, असहाय, निमुखा पीडितहरुको घाउमा सक्दो सहयोगको मलम लगाउँदै आएका छन्।

आफ्नो जिल्ला डडेल्धुरामा एक स्वतन्त्र युवा भनेर चिनिने तमोलि जाेसुकैले गर्ने गलत प्रवृत्तिको विरुद्धमा निष्पक्ष र खरो बोल्ने गर्छन्। उनी विगत २ वर्षदेखि बोलन्या थली डडेल्धुराकाे सह संयोजकको रुपमा पनि काम गर्दै आएका छन्। कोरोना माहामारीका बिचमा आफ्नो ज्यानको पर्वाह समेत नगरी दिनरात सुदूरपश्चिमका जिल्लामा पुगेर मानवीय सहयोग र सेवामा जुटेका उनी बोलन्या थली डडेल्धुराका बलिया खम्बा थिए।

महामारीका बेला प्राणका लागि रु. ५०० अभियानमा पनि तमोलिको मूख्य भुमिका रहेको थियो। प्राणका लागि रु ५०० अभियानका बारेमा उनी भन्छन् “प्राणका लागि रु ५०० अभियान पूर्णरूपमा पारदर्शी नहुनु, संगठनमा राजनीतिक गन्ध आउने किसिमको अवस्था आउनु दुर्भाग्यपूर्ण कुरा हाे”। स्वतन्त्र संगठनमा पार्टीका सदस्यको प्रवेश भएका कारण आफूले संगठनको साधारण सदस्य पनि नरहने गरी राजिनामा दिन बाध्य हुनु परेको हाे।

अर्कोतर्फ बोलन्या थली डडेल्धुराका संयोजकले सह-संयाेजक तमाेलिले संस्थाको बारेमा भ्रम फैलाएको आरोप लगाएका छन्। यस बारेमा तमोलि भन्छ्न् “मैले संस्थाको बारेमा भ्रम फैलाएको भए उक्त आराेप पुष्टि गर्न डडेल्धुरा युनिट र विशेषगरी युनिटलाई विनम्रतापूर्वक अनुरोध गर्दछु” । उनले दुखी हुँदै “संगठनकाे उन्नयनमा आफ्नो पनि प्रशस्तै पसिना बगेको छ” भनेका छन् ।