हेटौंडा
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ८ स्थित रहेको एक भुस गोदाममा भिषण आगलागी भएको छ ।
गएराति साँडे ११ बजेदेखि सुरु भएको आगलागी अहिलेसम्म पनि पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन भनि जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले बताएका छन् ।
हेटौंडा-८ विकास टोल बस्ने टिका प्रसाद कडेलको भुसको गोदाममा आगलागी भएको हो ।
आगलागी नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा १५ जना साथै बागमती प्रदेश बिपद् व्यवस्थापन गुल्म बाट प्रनानिको कमाण्डमा ७ जनाको टोली, र शसस्त्र प्रहरी बल नेपाल १४ नंबर गण मकवानपुर बाट सप्रनिको कमाण्डमा २१ जनाको टोली खटिएको प्रवक्ता रिमालले बताएका छन् ।
हेटौंडा उपमहानगरपालिकाको दमकल, र जितपुर सिमरा उपमहानगरपालिकाको दमकल साथै खैरेनी नगरपालिकाको दमकल,नेपाल आयल निगमको दुई वटा दमकल गरी ५ वटा दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य भई रहेको छ ।
आगलागी बाट कुनै पनि मानविय क्षती भने नभएको तर गोदाम मा भएको पचास हजार भुसको बोरा रहेको र जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
















