पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

Image

काठमाडौं।

प्रहरीले जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई १२ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।आज जिल्ला अदालत तनहुँले थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसीले जानकारी दिए । अनुसन्धान गर्न समय थप समय आवश्यक भएकाले म्याद थप गरिएको उनले बताए ।

शाह पक्राउ परेपछि अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । शाह फागुन १५ गते आफैँ प्रहरीसमक्ष उपस्थित भएका थिए ।