सरकारले १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । आगामी चैत २५ देखि बैशाख १८ गतेसम्म १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने तयारी गरेको खोप शाखाका प्रमुख डा. सागर दाहालले जानकारी दिनुभयो ।
दाहालका अनुसार त्यसअघि खोप लगाइदिने स्वास्थ्यकर्मीलाई तालिम दिनेदे लगायत अरू विभिन्न खालका प्राविधिक काम गरिने बताउनुभयो । विश्वका धेरै देशमा १५ वर्षमुनिका बालबालिकालाई यो खोप लगाइसकेको भए तापनि नेपालमा भने पहिलो पटक लगाउन लागिएको हो ।
















