प्रभासको ‘राधे श्याम’सँग भिड्दै विल्सनको ‘आकाशे खेती’

Image

काठमाडौं ।

शुक्रबारबाट दुई फिल्म प्रदर्शनमा आएका छन्। बहुप्रतिक्षित दक्षिण भारतीय अभिनेता प्रभास अभिनित फिल्म ‘राधे श्याम’सँग अभिनेता विल्सन बिक्रम राई अभिनित फिल्म ‘आकासे खेती’ सिनेमा हलमा प्रदर्शनमा आएको छ।

उदय सुब्बाको कथा तथा निर्देशनमा बनेको फिल्म ‘आकासे खेती’मा विल्सनसँगै गौरव पहारी, रजनी गुरुङ्ग, बुद्धि तामाङ, निता ढुंगानालगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मलाई केदार उप्रेत, जीवन सुब्बा, राजेन्द्र चिनबाङ्ग र दिल प्रकाश याक्सोले संयुक्त रुपमा निर्माण गरेका हुन्। फिल्मको पटकथा तथा संवाद विल्सन विक्रम राईले नै लेखेका छन्।

त्यस्तै, शुक्रबारबाट प्रदर्शनमा आएको दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म ‘राधे श्याम’ पनि आजबाट नेपालमा प्रदर्शनमा आएको छ। शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको फिल्मलाई नेपालमा ‘अ ऐट फिल्म्स’ले नेपालमा ल्याएको हो।
फिल्ममा प्रभाससँग पूजा हेग्डेको अभिनय रहेको छ।

फिल्ममा प्रभाससँगै पूजा हेग्डेको मुख्य अभिनय रहेको छ। सन् १९७० को दशकमा युरोपमा भएको एक प्रेम र नियतीको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ। फिल्ममा प्रभास विक्रमादित्यको भूमिकामा देखिएका छन्। उनको भूमिका फिल्ममा हातका रेखाहरु पडेर भविष्य भन्न सक्ने पात्रको रुपमा छ, जो आफ्नो नियती र प्रेमको द्वन्द्वमा फसेको हुन्छ। फिल्ममा पुजा भने प्रेरणाको भूमिकामा देखिएकी छिन्।

फिल्मलाई युभि क्रिएसन र टि सिरिजले संयुक्त रुपमा निर्माण गरेका छन्। फिल्मको लेखन तथा निर्देशन राधाकृष्ण कुमारको रहेको छ। कुमारले यसअघि जिल फिल्मको निर्देशन गरेका थिए। शुक्रबारबाट प्रदर्शनमा आउने राधश्याम तेलगु र हिन्दी भाषामा प्रदर्शन हुनेछ।