पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव नेपालमा : आगामी तीन दिनसम्मको मौसम कस्तो रहला ?

Image

काठमाडौँ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ।

देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आइतबार सुदुर पश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेगगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको र हिमाली भूभागका थोरै स्थानहरुमाहल्का हिमपातको सम्भावना रहेको छ।

सोमबार देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक/दुई स्थानहरुमा मेगगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

मंगलबार देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भूभागका एकदुईस्थानहरुमा मेगगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

राती : देशको पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भूभागका एक/दुई स्थानहरुमा मेगगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।